बुधबार २० साउन २०७८

बीबीसीको १०० प्र’भावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोका मगर। तैपनि उनका केही सपना किनारमै छु’टेका थिए। त्यसमध्ये एक थियो पढाइ। त्यही सपना पूरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्। उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए। बे’वारिसेको श’व व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्र’भावशाली महिलाको सूचीमा सामेल गरेको थियो।

यो सफलतामा उनी अत्यन्त खुसी थिइन्। तर, उनलाई पढाइ छु’टेकोमा उनलाई छटपटी थियो। २०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छा’डेकी थिइन्। पढाइ छा’डेर ग’लत बाटाेमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बे’वारिसे श’व व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फ’र्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्।

आफू जति चर्चा पाएपनि उनलाई पढाइ छु’टेको विषय ख’ड्किरहन्थ्यो। प्र’भावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्। चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो। ‘मलाई बारम्बार ख’ड्किएको विषय हो पढाइ, परिवारसँग यसअघि नै म जो’डिएको थिएँ, तर मेरो सफलतामा पढाइ त’गारो नबनोस् भनेर पुनःसुरु गरेकी हुँ,’ सपनाले भनिन्। पढाइ सुरु गर्न कलेज बुझिरहेकी उनलाई सामाजिक अभियान्ता पुकार ब’मले ह्वाइट हाउससँग जोडेका हुन्।

लकडाउनको समयमा भो’का मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जो’डिएकी थिइन्। सुरुमा उनले कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढ्ने र स्नातक कानुन विषयमा गर्ने बताएकी थिइन्। ह्वाइट हाउस कलेजका कानुन विषयका संयोजक हरिस भट्ट भन्छन्, ‘स्नातक का’नुन पढ्ने हो भने अहिलेदेखि नै का’नुन पढ्दा राम्रो हुन्छ भनेर हामीले सुझायौं, त्यसपछि उनी का’नुन पढ्ने निर्णयमा पुगिन्।’ कलेजले सपनालाई नियमित उपस्थिति र बीचमा पढाइ छाड्न नपाइने सर्त राखेको छ।

जसमा सहमत भएकी सपना अहिले ल’गनशील भएर पढिरहेको शिक्षक भट्टले बताए। ‘मेरो पढाइ बि’ग्रिएको छ, म जसरी पनि पढ्छु भन्ने अ’ठोट सपनामा देखिन्छ,’ शिक्षक भट्टले सुनाए, ‘म जसरी पढ्छु भन्छिन्। उसको मेहनत देखेर म ए’कदमै खुसी छु।’
त्यसबेला किन घर छा’डिन् र किन पढाइ अ’लपत्र पारिन् उनी अब सम्झन चाहनन्। तर घर छा’डेकोमा भन्दा पढाइ छा’डेकोमा प’छुतो महसुस गरेकी छन्। ह्वाइट हाउस कलेजका कार्यकारी निर्देशक काफ्लेले सपनाको कामको प्रशंसा गरे।

‘यस्तो राम्रो काम गरिरहेका विद्यार्थीलाई हामीले केही गर्न सकिन्छ भने किन नगर्ने भनेर पूर्ण छात्रवृत्तिमा पढाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘अहिले कक्षा ११ र १२ को लागि छात्रवृत्ति दिएका छौं। आवश्यक परेको खण्डमा त्यसपछिको पढाइमा पनि हामी सहयोग गर्छौँ।’ १८ वर्षकै उमेरमा सपनाले नि’र्वाह गरेको स’माजप्रतिको उ’त्तरदायित्व कलेजका लागि पनि उदाहरणीय भएको निर्देशक काफ्ले बताउँछन्।

‘निस्वार्थ जुन सामाजिक काम गरिरहेकी छन्, त्यसलाई निरन्तरता दिन सकून्, अरु सामाजिक काम गर्न प्रेरणा मिलोस् भन्ने चाहन्छौँ,’ निर्देशक काफ्ले भन्छन्, ‘मैले गरेको काम कसैले देख्दो रहेछ, सहयोग गर्दो रहेछ भन्ने उनलाई होस्। अरु विद्यार्थी भाइबहिनीहरुलाई पनि यस्तो काम गर्दा समाजले प्’रोत्साहन गर्दो रहेछ भनेर प्रेरणा मिलोस्।’ बिहान ६ बजेबाट सुरु भएको उनको कलेज १०ः४५ मा बि’दा हुन्छ। त्यसपछि घर फ’र्किन्छिन् र गृहकार्य गर्छिन्। दिउँसोको समय भने बे’वारिसे व्य’वस्थापनको कामलाई निरन्तरता दिने उनको भनाइ छ।

पहिलेको संस्थाबाट अ’लग भइसकेपछि अहिले उनले आफ्नै नेतृत्वमा बे’वारिसे व्यवस्थापनको काम गर्न संस्था दर्ता गरिसकेकी छन्। पछिल्लोसमय उनी आफ्नै संस्था मार्फत बे’वारिसे व्य’वस्थापनमा स’क्रिय छन्। अब पढाइसँगै बे’वारिसे व्यवस्थापनको काममा ख’टिने उनी बताउँछिन्। ‘यी दुईवटै विषय मेरा लागि उस्तै हुन्। बे’वारिसे व्यवस्थापन जसले मलाई यहाँसम्म ल्या’इपुर्‍यायो, पढाइ पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘अब सँगै अगाडि बढाउँछु।’ नेपाल खबर बाट

१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया