शुक्रबार ०१ आश्विन २०७८

काठमाडौं,१२ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर परीक्षणमा ३ हजार ३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणको संख्या ३ लाख ११९ जना पुएको छ ।

पछिल्लो २४ घण्टामा ४५० जनाले कोरोना जितेका छन् । त्यसैगरि,निको हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जानेको छ ।

त्यस्तै,आज थप २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भने,कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१६४ रहेको थियो । मन्त्रालयका अनुसार १९ हजार ३८२ सक्रिय संक्रमित रहेका छन् ।

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया