Thursday, November 26

नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका भारतीय नागरिकको मृत्यु

July 26, 2020 52

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका एक भारतीय नागरिकको आइतबार बिहान मृत्यु भएको छ । शनिबार गरिएको आरडीटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

सिंहका अनुसार उनी मुटुरोगी थिए भने मधुमेहले समेत पीडित थिए । शनिबार दिउँसो ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या लिएर उनी नारायणी अस्पतालको आकस्मिक विभागमा आएका थिए । ‘आकस्मिक कक्षमै उनको आरडीटी परीक्षण गरियो, पोजिटिभ आएपछि स्वाब संकलन गरी राति करिब ८ बजे कोरोना अस्पताल रेफर गरिएको थियो,’ उनले भने ।

Source Kantipur post

प्रतिकृया दिनुहोस्