आइतबार ०३ आश्विन २०७८

डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर १ इराइनी खोलामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा कैलालीको गौरिगङ्गा नगरपालिका- १ का अन्दाजी २७ बार्षीय चालक प्रेम खड्का रहेका प्रहरीले जनाएको छ । १६ बर्षीय पवन सिजापती दुर्घटनामा घाईते भएका छन् । उनले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

से.२ च १४७२ नम्बरको ट्याक्टर सडकबाट सय मिटर तल खसेको पोखरा प्रहरी चौकिका प्रहरी नायब निरिक्षक सेर बुढाऐरले जानकारी दिए । उक्त ट्याक्टरमा काठ लोड गर्न गएका चार जना श्रमीक सवार थिए । ट्याक्टर साँघुरो सडकमा ब्रेक फेल भएर दुर्घटना भएका हुने सक्ने प्रहरी आशंका छन् ।

२० पटक हेरिएको

तपाईको प्रतिक्रिया