शुक्रबार ०१ आश्विन २०७८

काठमाडौं। विश्वका १० लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्ने एक योजनामा तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दूक रुइत र बेलायती अर्बपति तेज कोहलीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा डा. सन्दूक रुइत-तेज कोहली फाउन्डेसन घोषणा भयो । यो फाउन्डेसनले १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएको छ।

जसमा नेपालसहित भारत, इन्डोनेसिया, म्यान्मार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरिया लगायतका मुलुकमा अन्धोपन हटाउन काम गरिने भएको छ।

बेलायती अर्बपति तेज कोहली लामो समयदेखि अन्धोपन हटाउने अभियानम सक्रिय छन् । मोतियाविन्दुबाट दृष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ।

फाउन्डेसनले सन् २०२६ भित्रै चारलाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । हाल विश्वका नौ करोड जनसंख्यालाई मोतियाविन्दुको समस्या देखिएको छ।

zkhabar

४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया