शुक्रबार १२ कार्तिक २०७८

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यले कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन्।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित छलफल (ब्रिफिङ) मा सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’हरूमा नेपालगन्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन्। नेपालगन्जमा अति आवश्यकबाहेक घरबान निस्कन निषेध छ।

ठूला सहरहरूमा तत्काल बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको एक मन्त्रीले जानकारी दिए।

यस्तै सीसीएमसीका सदस्यहरूले लामो दूरीका यातायात तत्काल बन्द गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन्।

सीसीएमसीका सुझाव सुनिसकेपछि प्रधानमन्त्री ओलीले यस विषयमा प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा बुझाउन उनीहरूलाई निर्देशन दिएका छन्।

postpatrika

९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया