आइतबार ०३ आश्विन २०७८

बुटवल । रुपन्देहीमा एक टिप्परले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको टिप्परले ठक्कर दिएको हो ।

लु १ ख ६०६४ नम्बरको टिप्परले तिलोत्तमा-१५ कोटिहवामा बुटवलतर्फ नै आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी लु १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा(१५ कि बर्ष १० की सरस्वती हरीजन र बर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रहरीले जनाएको छ । सोही बसमा सवार अन्य ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुबै जनाको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लु २ च ७०१२ नम्बरको बोलेरो विवाहको रहेको प्रहरीले जनाएको छ ।

news18nepal

२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया