आइतबार ०३ आश्विन २०७८

भारतकाे अान्द्रा प्रदेशमा राेजगारि गर्दै अायका प्रेम नेपाली काे काेराेना संक्रमित बाट मृत्यु

भारतकाे अान्द्रा प्रदेशमा राेजगारि गर्दै अायका प्रेम नेपाली काे काेराेना संक्रमित बाट मृत्यु

यो पनि:

पुरिएको २२ घण्टापछि जीवितै उद्धार गरिएका सोनिश यस्ता भए, पढाइमा छन् अब्बल !

पुरिएको २२ घण्टापछि जीवितै उद्धार गरिएका सोनिश यस्ता भए, पढाइमा छन् अब्बल ! | Sidha Onlinepatra

भक्तपुर — २०७२ वैशाख १२ को त्रासदीका घटना सम्झिनेहरूका लागि अझै पनि एउटा घटना चिरस्मरणीय छ । त्यो हो घर भत्किएर पुरिएका चार महिनाका शिशुको २२ घण्टापछि जीवितै उद्धार । उद्धार गरिएका ती शिशु हुन् सोनिश अवाल । उनी ७ वर्ष टेकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

भक्तपुरको ब्यासीस्थित एक निजी विद्यालयमा कक्षा १ मा पढ्छन् । उनी टोल छिमेकका अरू बालबालिकासँग खेल्छन्/कुद्छन् । एकै ठाउँमा बसिरहन मन पराउँदैनन् । चञ्चले छन् । उनलाई भूकम्पबारे खासै थाहा छैन । आफन्तलाई भने त्यो दिनको झझल्को आइरहन्छ ।

भूकम्पको धक्काले घर भत्किएर पुरिएका उनलाई नेपाली सेनाले उद्धार गरेको थियो । पढाइका लागि वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्दै नेपाली सेनाले उनलाई स्नातक तहसम्म अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको छ । ‘सेनाले कक्षा ६ देखि ब्याचलरसम्म सैनिक विद्यालयमा निःशुल्क पढाउने भनेको छ,’ आमा रश्मिलाले भनिन् ।

सोनिश पढाइमा अब्बल छन् । विद्यालय जान थालेपछि छोराको बुझ्ने क्षमतामा वृद्धि भएको र तेज हुँदै गएको रश्मिलाले महसुस गरेकी छन् । ‘पढाइमा तेज छ, ए प्लस रिजल्ट ल्याउँछ,’ उनले भनिन् । सोनिश खेलप्रति रुचि राख्छन् । विद्यालयका कक्षाबोहकका अतिरिक्त क्रियाकलापमा भाग लिइरहन्छन् । विद्यालयमा कहिलेकाहीं भूकम्पको कुरा सुन्दा घरमा आएर त्यसबारेमा थप बुझ्ने प्रयास गर्छन् । कोठाको भित्तामा झुन्ड्याइएको सेनाले उद्धार गरेपछिको आफ्नो फोटो हेर्दै दंग पर्छन् । छोराको रुचिअनुसार पढाउने र असल नागरिक बनाउने अभिभावकको चाहना छ ।

भूकम्पको धक्काले क्षतिग्रस्त घरको भग्नावशेषले २२ घण्टासम्म पुरिएका सोनिशलाई दैवले नै बचाएको रश्मिला बताउँछिन् । ‘सेनाले उद्धार गर्दा म साह्रै भावुक भएर रोएकी थिएँ,’ छोरालाई हेर्दै उनले त्यो दिन स्मरण गरिन् । आशा मारिसके पनि वरिपरि खोज्दै गर्दा राति ९ बजेतिर बाबु रोएको आवाज उनले सुनेकी थिइन् । यसले उनको मनमा आशा बलियो भयो । त्यो रात निकै कष्टकर र पीडादायी बित्यो ।

घाइते छोरी सोनियालाई हेर्दै भग्नावशेषभित्र रोइरहेको सोनिशलाई जिउँदै उद्धार हुने झिनो आशाले आमा रश्मिला र बुबा श्याम रातभर जागा बसे । राति ११ बजेसम्म प्रयास गर्दा पनि नेपाली सेनाको उद्धार टोली सोनिश अड्किएको ठाउँसम्म पुग्न सकेनन् । उनीहरूले भोलिपल्ट बिहान ६ बजेदेखि पुनः खोज्न थाले र बिहान १० बजेतिर सोनिशको सकुशल उद्धार भयो ।

 

१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया