बिहिबार १६ मंसिर २०७८

काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने परमादेश जारी गरेसँगै नेकपा दाहाल–नेपाल समूह थप संकटमा परेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बस्नेतले पुष्पकमल दाहाल र माधवकुमार नेपालको ओलीलाई पदच्यूत गर्ने चाहना संकटमा परेको बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होईन, संकट चाहिँ उहाँलाई संकट पार्न खोज्ने अथवा उहाँलाई पदच्यूत गर्न चाहाने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई नै परेको जस्तो देख्छु म,’ उनले भने, ‘किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दा पनि ब्याक गियर लगाउनु पर्ने स्थिति हो ।’

उनले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्नुपर्ने पनि बताए । ‘पौष ५ गते उहाँहरुले हठात प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्ताव जसमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको थियो ।

त्यो हिजोको बैठकबाट उहाँ ब्याक हुनुभएको, फिर्ता हुनुभएको एउटा अवस्था छ,’ उनले भने, ‘अब भोलिका दिनमा परिस्थिती उहाँहरुको निमित्त झन असहजातर्फ गइरहेको छ ।’ नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण रहेको दाबी गरे ।

news18nepal

९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया