आइतबार ०३ आश्विन २०७८

काठमाडौं : उनी ६वर्ष अघि धरहरा चढेकी थिइन्। माथि पुगेर उल्लासित बन्दै चि’च्याएकी थिइन् । त्यसपछि भने के-के भयो न उनी सम्झिन सक्छिन्, न सम्झिन चाहन्छिन् । हो, भूकम्पले देश ह’ल्लाएको क्षण रमिला धरहराको टुप्पोमा थिइन् ।

धरहरा ढ’लेसँगै उनी भूइमा ब’जारिएकी थिइन् । तर, बाँ’चेकी थिइन् ।भूकम्पले भ’त्केको धरहराको ठू’टो अहिले पनि त्यही अवस्थामा छ । त्यो ठू’टोलाई चिनोका रुपमा यत्तिकै छो’पछाप पारेर अर्को धरहराको नवनिर्माण भएको छ । नव निर्मित धरहराको उद्घाटन हुने अघिल्लो दिन रमिला यहाँ आएकी छन् ।

भूकम्प जाँदा रमिला कक्षा ९ मा पढ्थिन् । घा’इते शरीरका कारण एक वर्ष पढाइ छुट्यो । अहिले उनले प्लस टुको परीक्षा सि’ध्याएकी छन् । ब्याचलर पढ्ने तयारीमा छिन् ।हरेक वर्ष जब वैशाख १२ आउँछ, त्यति बेला मिडियामा रमिलाको खोजी हुन्छ ।बाँकी अरु दिन कसैले सम्झिँदैन ।

यसमा रमिलाको ठूलो गु’नासो छ ।‘मलाई अब अन्तर्वार्ता दिन पनि मन लाग्दैन । जति अन्तरवार्ता दिए पनि कसैले केही गरेको होइन । न उपचार खर्च पाएँ, न रोजगारी । मिडियाले पनि हाम्रो दु:ख देखाएर भ्यूज कमाउँछन्, तर सहयोग गर्दैनन्,’ रमिलाले हामीलाई नै झटारो हा’निन् ।

सँधै डराएरै बस्न पनि त भएन,’ उनले भनिन्, ‘म यहाँबाट ख’सेर बाँ’चेकी छु, अब मैले यहीँ काम पाउनुपर्छ।’ भोली हुने धरहराको उद्घाटनमा ‘आउनुपर्छ है’ भनेर पुन र्निमाण प्राधिकरणबाट उनलाई फोन आएको छ । निम्तो कार्ड पनि आउने ब’ताइएको भए पनि उनले पाएकी छैनन् ।‘खोइ जाउँ कि नजाउँ,’ उनले अ’न्योल मुद्रामा भनिन् ।

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया