आइतबार ०३ आश्विन २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नआएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटामा शनिबार सांझ कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बढ्दै गएको कोरोना संक्रमण बारे भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

सीसीएमसीका संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका सदस्यले कोरोना संक्रमणको अवस्था बारे ब्रिफ्रिङ गरेका थिए । सोही क्रममा, उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ज्यूले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको बताए ।

उनले भने, ‘संक्रमण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्छ ।’ यस्तै, प्रधानमन्त्री ओलीले पछिल्लो पटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न पनि निर्देशन दिएका छन् ।

news18nepal

१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया