आइतबार ०३ आश्विन २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले डिनरसहित छलफलको निम्ति बोलाएपछि आफू अस्ति साँझ बालुवाटार गएको उपाध्यक्ष वामदेव गौतमले बताउनुभएको छ । छलफलको शुरुमै ओलीले गौतमलाई पछिल्ला बैठकमा ‘तपाईं आउनुपर्थ्यो,आएको भए कति राम्रो हुन्थ्यो’ भन्दै थप्नुभयो ‘भोलिलाई बैठक बोलाएको छ, आउनुहोस्,बसौं,सँगै काम गरौं भन्नको लागि मैले बोलाएको हो ।’

त्यसपछि उहाँले उही पुरानो सन्दर्भ जोड्नुभएको बताउँदै स्रोत भन्छ( ‘माधव नेपालले यसो गर्यो,उसो गर्यो ।’ त्यसपछि गौतमतर्फ औंला तेर्स्याएर ‘मबिरुध्द मोर्चाबन्दी गर्ने मुख्य मान्छे तपाईं पनि हो’ भन्नुभएको थियो । तर प्रत्युत्तरमा गौतमले त्यसमा मेरो पहिलो योगदान छैन है भन्नुभएको बताइन्छ ।

प्रधानमन्त्रीले गौतमको स्पस्टिकरणमा चित्त बुझाउनुभएन र भन्नुभयो ‘तपाईं नभए कसको ताकत छ पार्टी फुटाउने रु कसैको ताकत थिएन ।’

गौतम पनि के कम,फ्याट्ट भन्नुभयो ‘तपाईंको कार्यशैलिको कारण पार्टीमा यो अवस्था आएको हो ।’
गौतमलाई उद्धृत गर्दै उहाँको नन स्टप धारणाबारे स्रोत बताउँछ ‘तीन वर्षसम्म नीति तथा कार्यक्रममा पार्टीको घोषणापत्रलाई समावेश गर्नुभयो रु म आमचुनावमा पराजित भएपछि छानबिन समिति बनाउनुपर्नेमा त्यो गर्नुभएन । छानबिनबाट कसको गल्ती थियो भनेर रिपोर्ट आओस् भन्ने चाहेको थिएँ तर,त्यो पनि भएन ।’
उहाँले त्यसैगरी हिजोका दिनमा अध्यक्ष भएर बैठक कहिल्यै नबोलाउने र विषयवस्तुको सामना नगर्ने तपाईंका कार्य र प्रवृत्ति मुख्य जिम्मेवार हुन् भनेर प्रधानमन्त्रीतर्फ नै औंलो सोझ्याइ दिनुभएको थियो ।

त्यसपछि पनि वामदेवले थप्नुभयो(‘तपाईंलाई अस्ति खबर पठाएको थिएँ,माधवसँग एकता गर्नुस् । उहाँसँग एकता गर्नुभयो भने म कुनै शर्त राख्दिन । निशर्त रुपले आउँछु । आइसकेपछि तपाईंको योजनाभन्दा फरक ढंगले अब पार्टी चल्दैन भन्नेमा सबैलाई सजग बनाउँछु । आज पनि म त्यहि दोहोर्याउँछु(एकता बचाउन पहल गर्नुहोस् ।’

केही नबोली एकोहोरो सुनिरहनुभएका प्रधानमन्त्रीलाई थप सुझाव दिँदै उहाँले प्रचण्डसँग मोर्चागत सहमति गरेर चुनावमा जाऔँ भन्नुभएको स्रोतको दाबी छ । गौतमले भन्नुभएको थियो ‘अहिले जाऔं वा पछि जहिले गए पनि त्यसैगरी जाऔं । त्यसो गरे मात्र आन्दोलन जोगिन्छ । भनेजस्तो गर्न नपाइएला तर समाप्त भइन्न । हाम्रो एकतामा सारा संसारका कम्युनिष्टहरु खुशी भएका थिए । तर कार्यकर्ताहरु अहिले पार्टी विभाजनको कारण रोएका छन् ।’

गौतमको भनाई हो वा होइन केही संकेत नगरी प्रधानमन्त्रीले एकोहोरो सुन्नुभएको थियो । गौतम पनि नरोकिइ बोलिरहनुभयो । उहाँले थप्नुभयो ‘संसारभरि एउटा सन्देश वाहकको रुपमा नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । त्यो आज समाप्त भएको छ । अहिले तपाईं एमालेको एकमात्र अध्यक्ष हो । त्यसलाई आत्मसात् गर्नुपर्यो ।’
त्यसपछि भने प्रधानमन्त्री ओलीले मुख खोल्नुभयो ‘उनले आत्मआलोचना गर्नुपर्यो नि १’

गौतमले फेरि प्रतिवाद गर्नुभयो “अहिले म तपाईंले बोलाएर कुरा गर्न आएपछि कमरेड,माफी दिनोस् भन्छु रु तपाईंले बुझ्नुपर्यो नि, तपाईंले बोलाएको ठाउँमा कोही आउँछ भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्यो ।’
तर,कहिल्यै पनि आफ्नो गल्ती कमजोरी केही नभएको ठान्दै आउनु नै प्रधानमन्त्रीको भूल रहेको गौतमको जवाफ थियो । उहाँले भन्नुभयो ‘जिन्दगीमा तपाईंले कहिल्यै आत्मआलोचना गर्नुभएको छ रु ’

बुधबार र बिहीबार वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्रीको आग्रहमा भेटघाटको निम्ति भनिएको ठाउँमा जानुभएको थियो । त्यहि सन्दर्भ जोडेर गौतमले भन्नुभयो ‘पार्टीको वरिष्ठ नेताले आएर भेट गरी यसो गरौं भन्नुलाई तपाईंले सहमतिको रुपमा लिनुपर्छ कि पर्दैन ?’

गौतमले थप विवरण प्रष्ट पार्दै उल्लेख गर्नुभयो ‘उनले सकेको भए मलाई सिध्याउँथे,मेरो राजनीतिक भविष्य समाप्त पारिदिन्थे भनेर तपाईं बारम्बार भन्नुहुन्छ भने आज त्यहि कमरेड तपाईंसँग मित्रता कायम गर्न आउनु भनेको समस्या समाधानको लागि अग्रसर भएको हो कि होइन रु त्यसको अर्थ के हो रु’

‘तपाईंको भाषाअनुसार त्यो तहको नेतालाई टाँगमुनि छिर भनेर कोही छिर्छ रु म छिर्छु रु त्यो कुरो तपाईंले बुझ्नुपर्ने होइन र रु’ प्रधानमन्त्रीलाई गौतमको सुझाव थियो ।

तर,प्रधानमन्त्रीले उही अडान दोहोर्याउनुभयो ‘आत्मालोचना गरेर आउनुपर्यो नि,अपराधहरुको ।’ फेरि गौतमले थप्नुभयो ‘तपाईं बारम्बार त्यहि कुरा भन्नुहुन्छ । तपाईं अध्यक्ष हो,तपाईंले नै मिलाउनुस् भन्नुको अर्थ उदारता होइन ?’ जनआस्थाबाट

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया