शनिबार ०२ आश्विन २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताएका छन ।

धरहराको उद्घाटनपछि भएको कार्यक्रममा उहाँले धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताएका हुन। धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उनको भनाइ छ ।

यस्तै, उनले कोही पनि भोकै नपर्ने गरी सरकारले काम गरिरहेको पनि दाबी गरेका छन । यस्तै, प्रधानमन्त्री ओलीले यो वर्षभित्रै सडकलाई सडक बालबालिकामुक्त र भिकारीमुक्त बनाउने पनि बताएका छन।

onlinemarg.com

१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया