मंगलबार १२ आश्विन २०७८

राजधानीमा दिनहुँ दुई हजारभन्दा बढीमा कोभिड(१९ संक्रमण भइरहेको तथ्यांकसहितका अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ुब्रिफिङु भएको छ । कोभिड–१९ संक्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्‍वर पोखरेल संयोजक रहेको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो ।

अहिलेको भयावह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकार वाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको बैठकमा सहभागिले बताए । सीमा आउजाउमा कडाई हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि त्यहाँ दिइएको छ । जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीको छ ।

सीमा नियमनदेखि अन्य सबै प्रक्रियाको बारेमा जानकारी गर्दै प्रधानमन्त्री ओलीलाई छिट्टै लकडाउनमा जान पर्ने सुझाव दिएको एक सहभागिले बताए । यद्यपि, उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले अहिले भएको अवस्था जानकारी गराउने काम भएको मात्र बताउँदै भने लकडाउन गर्ने वा नगर्ने भन्ने बारेमा कुनै सिफारिस भएको जानकारी छैन । सबै सरोकारवाला पक्ष बसेर प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारेमा जानकारी गराएको उनले प्रष्ट पारे । ‘यो वा त्यो गर्ने भन्ने बारेमा कुनै सिफारिस भएको छैन । तर अवस्था जानकारी गराउने काम भएको छ,’ पाण्डेले भने, ‘त्यही आधारमा अडेर केही गर्ने भए प्रधानमन्त्री तथा मन्त्रीपरिषदले निर्णय लिन सक्ने अधिकार सधै छ ।’

२४ घण्टामा  थप २६ सय १८ जनामा कोभिड(१९ पुष्टि भएको छ । नेपालभर सात हजार ५ सय २५ पीसीआर परीक्षण गर्दा शनिबार यो संख्यामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक छ ।  त्यस्तै थप ३६८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १६ हजार ८२८ संक्रमित आइशोलेशनमा छन् भने ७१ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म २३ लाख ९५ हजार ७२५ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला बढी संक्रमित देखिनेमा परेपछि सीसीएमसीले डरलाग्दो अवस्था भन्दै त्यसमा के गर्ने भन्दै प्रधानमन्त्रीलाई जानकारी गराएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नक्सा नै सार्वजनिक गर्दै खतरामा रहेका जिल्लाहरूलाई रातो घेरामा राखेको छ । त्यसमा काठमडौँ र ललितपुर मुख्य छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल विज्ञहरूले सीसएमसीलाई लकडाउनको सिफारिस गर्न सुझाव दिइसकेको भए पनि शनिबार भएको छलफलमा लकडाउन गर्न पर्ने अवस्था आएको जानकारी प्रधानमन्त्रीलाई गराएको छ ।

उपप्रधानमन्त्रीको समूहले  निश्चित समय तोकेर कोही कतै अलपत्र नपर्ने गरी लकडाउनमा गर्नुपर्ने सुझाव दिने तयारी थियो । कोभिड संक्रमण दिनाहुँ दिन बढ्दै गएकाले काठमाडौँ उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई सिफारिस नै गरिसकेको छ ।  छिमेकी मुलुक भारतमा दैनिक तीन लाख बढीलाई कोभिड संक्रमण भएपछि त्यसको असर नेपालमा पनि परेको भन्दै विज्ञहरूले सीमा नियमन, चेकजाँच र लकडाउन गर्न सुझाव दिएका छन् ।

onlinemarg.com

३० पटक हेरिएको

तपाईको प्रतिक्रिया