आइतबार ३१ आश्विन २०७८

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालगञ्‍ज कोरोनाको ‘हट स्पट’ बनेको छ। त्यहाँका अस्पतालहरु अहिले कोरोनाका बिरामीले भरिएका छन्। अस्पतालमा बेड अभाव भएको छ। थप बिरामी आए भर्ना गर्नसक्ने अवस्थामा अस्पताल छैनन्।

भारतसँगको खुल्ला सीमानाका रहेको जिल्ला भएकाले पनि त्यहाँ कोरोना संक्रमण तीव्र बनेको हो। कोरोना संक्रमण अनियन्त्रित बनेपछि नेपालगञ्‍ज उपमहानगरपालिकाले वैशाख १५ को मध्यरातसम्म उपमहानगर क्षेत्रभित्र लकडाउन लागू गरेको छ।

notice24nepal

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया