
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ।
वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरिएको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन्।टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन्।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी केपी शर्मा ओली नेतृत्वको यहि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।
nepalkhabar.com