आइतबार ३१ आश्विन २०७८

स्वस्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।

यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

सीसीएमसीको ब्रिफिङ पश्चात मात्र सरकारले आवश्यक निर्णय लिने तयारी रहेको छ । भारतमा कोरोना संक्रमणको अवस्था भयावह भएकोले गर्दा त्यसको असर नेपालमा समेत पर्ने देखिएकोले स्वास्थ्य मन्त्रालयले सतर्क रहन लकडाउन गर्नुपर्ने सुझाव दिएको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता दैनिक २ हजार भन्दा बढी संक्रमित भेटिन थालेका छन् । शुक्रबार मात्रै देशभर २ हजार ५५९ जनामा भाइरसको संक्रमण देखिएको थियो जसमध्ये काठमाडौं उपत्यकामा तीन जिल्लामा मात्रै ९४० जनामा संक्रमण देखिएको थियो ।

१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया