शनिबार ०२ आश्विन २०७८

काठमाडौं । दाङमा कोरोना भाइरस संक्रमित एक १५ वर्षीया बालिकाको ज्यान गएको छ । गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीको ज्यान गएको हो ।

भैरहवामा उपचारका क्रममा उनको ज्यान गएको हो । बालिकाको शुक्रबार बिहान १ बजेतिर मृत्यु भएको हो । उनलाई स्वास्थ्य समस्या देखिएपछि वैशाख ८ गते उपचारका लागि भनेर बुटवल गएका थिए ।

बुटवलपछि भैरहवास्थित कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो । उक्त विद्यालयका एक शिक्षकलाई पनि संक्रमण पुष्टि भएको छ । उनको हाल उपचार भइरहेको छ ।

news18nepal

१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया