आइतबार ३१ आश्विन २०७८

यस्तो छ सलमान खानको फिल्म ‘राधे’ को ट्रेलर

एजेन्सी । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे: योर मोस्ट वान्टेड भाइ’ को ट्रेलर बिहिबार सार्वजनिक भएको छ । फिल्ममा अभिनेता सलमान खानलाई पुन: एक पटक एक्सन भूमिकामा प्रस्तुत गरिएको ट्रेलरबाटै अनुभव गर्न सकिन्छ । फिल्ममा उनी प्रहरी अधिकृत राधे बनेका छन् ।

इदको अवसर पारेर मे १३ अर्थात वैशाख ३० गते बिहिबारदेखि सिनेमा हल तथा ओटीटी प्लेटफर्ममा एकै साथ प्रदर्शन हुने यो फिल्मले सलमान खानका फ्यानहरुलाई भरपूर मनोरञ्जन दिने पक्का छ । प्रभु देवाद्वारा निर्देशीत यो फिल्म सलमान खानकै यसअघिको फिल्म वान्टेडको सिक्वेलको रुपमा तयार पारिएको छ ।

फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफ, गौतम गुलाटी, गोविन्द नामदेव आदि कलाकारले पनि अभिनय गरेका छन् । फिल्ममा अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई एउटा आइटम गीतमा प्रस्तुत गरिएको छ ।

११० पटक हेरिएको

तपाईको प्रतिक्रिया