आइतबार ०३ आश्विन २०७८

काठमाडौं । सुन चाँदीको भाउ फेरि बढेको छ । अघिल्लो दिन तोलामा एक हजार ३०० ले बढेको सुनको भाउ बिहीबार पुनः तोलामा २०० रुपैयाँले बढेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९१ हजार ७०० पुगेको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया