मंगलबार १२ आश्विन २०७८

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित सानोठिमीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । गए राती पेप्सीकोलाबाट सानोठिमी जाँदै गरेको रा २ प ४४३७ नम्बरको मोटरसाईकललाई पेप्सीकोला तर्फ आउँदै गरेको बा ३ ख ४४६५ नम्बरको टिपरले ठक्कर दिँदा ४२ वर्षीय पदमराज पाठकको ज्यान गएको हो ।

मोटरसाईकल पछाडी सवार पाठकको उपचारको क्रममा मध्यपुर अस्पतालमा ज्यान गएको हो । उनी पुरानो ठिमी बस्दै आएका थिए । टिपरको ठक्करबाट मोटरसाईकल चालक दाङ लालमठिया–५ घर भएका २४ वर्षीय उमेश चौधरी घाइते भएका छन् ।

घाइते चौधरीको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । टिपर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भएका राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया