आइतबार ३१ आश्विन २०७८

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोारेना संक्रमणका दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर नस्किन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या डबल भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए । मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडाैं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,’ डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।

१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया