शुक्रबार ३१ बैशाख २०७८

मुम्बई । भारतका चर्चित फिल्ममा काम गरेका कलाकार किशोर नान्दलस्करको निधन भएको छ । कोरोनाकोबाट उनको मंगलबार निधन भएको हो । किशोरका नाति अनिषले उनको मृत्युका पुष्टि गर्दै त्यसबारे खबर बाहिर ल्याएका हुन् । अनिषले किशोरलाई गत बुधबार कोरोनाको लक्षण देखिएपछि कोभिड सेन्टरमा भर्ना गरिएको र उनको त्यही निधन भएको बताएका छन् ।

अनिषका अनुसार कोभिड सेन्टरमा भर्ना गर्नु अगाडि उनलाई सास फेर्न र कुरा गर्न समेत गाह्रो थियो । उनको अक्सिजन लेभल पनि तल झरेको थियो । किशोरले अभिनय करियरमा कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । जसमा ‘बास्तव’, ‘सिम्बा’, ‘मिस देश मे गंगा रहता है’, ‘खाकी’, ‘सिंघम’ समेत पर्दछन् । हिन्दी फिल्मको अलवा किशोरले मराठी फिल्म र सिरियलमा पनि काम गरेका छन् ।

यो पनि, धौलागिरि अस्पतालमा कोभिड–१९ प्रयोगशाला धौलागिरिका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरि अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पिसिआर मेसिन जडान भएपछि शङ्कास्पद बिरामीको थ्रोट स्वाव पठाएर हप्तौं कुनुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।

सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै छ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । मेसिन अहिले परीक्षणमा रहेको छ । परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम थालिने अस्पताल प्रमुख सुपरिटेण्डेन्ट डा शैलेन्द्र बिक पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले भन्नुभयो, “सम्भवतः यही सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिने छ ।”

मेसिनबाट एक दिनमा ७० जनाको परीक्षण हुने डा पोख्रेलले बताउनुभयो । कोरोना परीक्षणको लागि चार प्राविधिकले काम गर्नेछन् । मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नु पर्ने बाध्यता हट्नेछ । सङ्घ र गण्डकी प्रदेश सरकारको झण्डै एक करोड लगानीमा प्रयोगशाला तयार भएको हो ।

११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया