शनिबार ०२ आश्विन २०७८

महाराष्ट्रको नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा अक्सिजनको आपूर्ति ३० मिनेट रोकिएको छ । यसघटनामा हालसम्म ११ जना बिरामीको मृत्यु भएको र कम्तिमा ३५ जना बिरामीको अवस्था नाजुक रहेको महानगरपालिकाका आयुक्त कैलाश जाधवले पुष्टि गरेका छन् ।
अक्सिजनको आपूर्ति रोकिएको बेला १७१ जना बिरामी अक्सिजनमा ६७ बिरामी भेन्टिलेटरमा थिए । अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको थियो ।
भारतीय मिडियाका अनुसार ट्यांकबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो । हाल उक्त समस्या हल गरिएको छ । यसका कारण २० किलो तरल अक्सिजन बर्बाद भएको थियो । घटनाबारे अस्पतालको साथै जिल्ला प्रशासनले जाँच शुरु गरेको छ ।

काठमाडौं । कोरोना महामारी तिब्र रुपमा फैलिएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गरी पछिल्ला दिन कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइने जनाइएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्ला दिन ७३५ जना सक्रिय संक्रमित पुगेका छन् ।

१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया