शनिबार ०२ आश्विन २०७८

काठमाडौँ : चितवनको माडीमा बनाइएको नयाँ अयोध्याधामका लागि काठमाडौँबाट हिन्दू अरा’ध्यदेव राम र सीताका मू’र्ति लिएर एक लावाल’स्कर प्रस्थान गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले अयो’ध्याधाममा स्थापना गर्नका लागि तयार पार्न लगाइएका राम र सीताका मूर्ति हस्ता’न्तरण गर्नुभएको छ । यस अवसरमा मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा एक

धार्मिक ‘ आयोजना गरिएको थियो । राम, सीता, लक्ष्मण र हनुमानका मू’र्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँ’गारेर चिरिच्या’ट्ट बनाइएको छ । सो क्रममा बालुवाटारमा मंगल धुनका साथै रामसीताको जयकार भजन घ’न्काइएको थियो ।

उक्त समाराेहमा प्रधानमन्त्री ओलीका साथै पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृत’मन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र अन्य सन्तमहन्तहरू लगायतको उपस्थिति थियाे ।

राम, सीता, लक्षमण र हनुमानको मूर्तिहरू प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हस्तान्तरण गर्नुभएकाे हाे । मन्त्रालय अन्तरगतकाे टाेलीले ती मू’र्तिहरू रथयात्रासहित माडीसम्म लैजान लागेका हुन् । रथयात्रा बालुवाटारबाट महाराजगन्ज हुँदै बालाजु, कलंकी, थानकोट भएर अयोध्याधाम (चितवन) सम्म पुग्नेछ ।

प्रधानमन्त्री ओलीले नै बनाउन लगाएका ती मूर्तिहरू रामनवमीको अवसर पारेर भाेलि अयोध्या’धाममा स्थापना गर्ने कार्यक्रम छ । राम भजन-कीर्तनसहित भाेलि ८ गते त्यहाँ मेला नै लाग्ने भएकाे छ ।

मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा तयारी गरिएकाे जनाइएकाे छ । कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने तयारी समेत भइरहेको अयोध्या’धाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

११० पटक हेरिएको

तपाईको प्रतिक्रिया