आइतबार ०३ आश्विन २०७८

सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु। म जतिबेला जिम्मेवारीमा रहन्छु,मैले खाएको शपथअनुसार देश र जनताको पक्षमा निरन्तर लाग्छु।’देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आए पनि नरोकिने बताए।
उनले भने, ‘देश र जनताको लागि कुनै कुराको त्याग र जोखिम उठाउन तयार छु।मलाई कसैले रोक्न सक्दैन। म त्यस्तो कुराको वास्ता गर्दिनँ। आफ्नो ढंगले काम गर्छु।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको खुलासा गरेका छन् ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए । ‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन,’ उनले भने ।

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

सरकारले गत पुस ५ मा संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । फागुन ११ गते सर्वोच्चले संसद विघटन बदर गरेपछि सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाएको थियो । तर चालु अधिवेशनमा संसदमा कुनै विधेयकमाथि छलफल भएन ।

उता लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।

सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया