शुक्रबार ३१ बैशाख २०७८

माझी बस्तीकी जन्म’दाता हुन् लोकप्रिय अभिनेत्री श्वेता खड्का । विभिन्न उता’रचढावका बिच पनि सामाजिक कर्ममा हो’निएकी श्वेता त्यस्ती नारी हुन् जो साना तिना हा’वाहुरीले डगमगाउँदिनन् । आफ्नै गतिमा चलेको उनो जिन्दगीमा उनका कैयौँ शुभ’चिन्तकहरु छन् छन् तर उनको भलौ नचाहाने एक युट्युबरका कारण श्वेता फेरी एक पटक अ’प्ठ्यारोमा परिन् । र उनलाई दुख लाग्यो । कारण थियो माझी बस्तीको विषय । जुन बस्तीको कल्पना गरेर श्वेताले आँफुले खाई नखाई गरेर आँफुले हुर्काएको बस्तीका बारेमा एउटा युट्यबरले अध्ययन र अनु’सन्धान नगरी बनाएको भिडियोका भरमा भ्रम फैलाउने कोशिस गरिएको श्वेताले ओएस नेपालसँगको कुराका’नीका क्रममा बताइन् ।

हामीसँगको कुर’कानीका क्रममा नायिका श्वेता खड्काले आँफु विरुद्ध गलत प्रचार गरेको भनेर विभिन्न समा’चारहरुको खण्डन गरे लगत्तै माझीहरुले पनि माझी बस्तीबाट श्वेताको वि’रुद्धमा गरिएका सबै कुराहरु अफवाह भएको बताएकी छन् । माझी बस्तीमा नै पुगेर गरिएको स्थलगत रिर्पोटमा माझीहरुले श्वेताकै कारण आज माझी बस्ती बन्न लागिरहेको भन्दै सबैले श्वेताको खुला मनले तारिफ गरेका छन् । माझी बस्तीकै एक बृद्ध महिलाले मदि’राले मातेको अवस्थामा दिएको ब’यानका आधारमा श्वेताको चरित्र हत्या गर्ने काम गरेको भन्दै उक्त भिडियो बनाउने युट्युबरले नराम्रो काम गरेको माझी बस्तीकै अगुवाहरुले बताइरहेका छन् । माझी बस्तीमा नै पुगेर स्थानीयहरुसँग गरिएको यो कु’राकानी हेर्नुहोस् भिडियोमा

यसअघि श्वेताले लेखेको स्टा’टस पढ्नुहोस् जस्ताको त्यस्तै माझीबस्ती : यथार्थ र भ्रम अहिलेका केहि दिनहरुमा निर्मा’णाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन् । ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ शिर्ष’कका ति भ्रामक समाचारहरुसंगै माझी बस्तीका केहि ब्य’क्तिहरुसंग लिएको अन्तर्वा’र्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्र’सारित यी समाचारहरुको सत्यता र यथा’र्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

३ बर्ष अगाडि माझी बस्ती निर्मा’णको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडी र पछाडी मलाई सहयोग गर्नेहरुको लर्को थिएन नत मसंग प्रसस्त धननै थियो । थियो त केवल आत्म’विश्वास अनी शाहस । भुकम्पले क्षतविक्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायहरु ल’गाएत मनकारी दाताहरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा,शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घ’चघच्याएको थियो मलाई । त्यस्कै परीणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय र बिभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी ब्यक्ति’हरुसंगको हात्तेमालोले आज एउटा सुन्दर बस्ती नि’र्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ ।

भुकम्पले भाता’भुङ्ग बनाएको उदास र उदे’कलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मन’मोहक बस्तिको रुपमा यो बस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाईन्’ भन्ने भ्रामक समाचार आउनु आँफैमा हास्यास्पद छ । मैले यस्लाई माझी बस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडा’ल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु । माझी बस्तीभित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर “श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर म’हापाप गरिछ” भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खो’तल्ने हाम्रो संस्कारनै हो ।

५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसं’ख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्या’मेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेकोछु । माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा अ’सहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाह्ररुलाई हतोत्साहित गर्ने अनी टोलका सबै मान्छेले मेहनतको पसिना चुहा’उँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानीछनी अन्तर्वाता लिएर एकि’क्रित बस्ती बिकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यस्लाई माझीटोलका अधिकांस ब्यक्तिहरुले पनि राम्ररी बुझेकाछन- नपत्याए बस्ती निर्माणको काममा अ’होरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ ।

मैले श्वेताश्री फाउण्डे’शनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरुपनी देखेकोछु । तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्र’माणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयारछु। तर फाउ’ण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेकोछ त्यसको बारेमा झिनो जानकारी समेत नलीई एकलौटी रुपमा आरोप लगाउनु क’त्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको स’प्रमाण पर्दाफास गर्नेनैछु ।

हिजो माझी बस्तिले आर्थिक अ’भाव झेलेर निर्माणको काम रोक्किदै गर्दा चुईँक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन ” तैले त्यो बस्तिमा के यो’गदान गरिस् ?” मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा ब्यक्तिगत रकम रु ३२ लाख दिएर काम सुचारु गरेको छु । बिभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्मा’णका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपल’ब्ध गराएको छु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौ पटक सिहँदरवार धाए’को छु ।

कैयौ मिटिङ्ग र झण्झ’टिलो कागजी प्रकृया पस्चात् मात्र माझिटोलमा सहयोगहरु पुगेको हो । बस्ती निर्माणका क्रममा आएका कैयन बाधा&हरुसंग नडराइ अनी हरेश नखाई जुधेकोछु । जीवनमा कसैसंग हात फिंजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकीछु तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर स’हयोग दिन लगाएकी छैन । मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन । माझिटोलकै उपभोक्ता समिती मार्फत डा’इरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्ठानिय उपभो’क्ताहरुको बैक खाता र हाम्रो बैक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ ।यो परियोजना माझीटोललाई जबर्जस्ती ला’दिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानिय उपभोक्ता समितीसंग भलाकुसारी गर्नु पर्नेहुन्छ । बस्ती निर्माण पुर्वनै ८ वटा घरको डिजाईनहरु मध्येबाट हालको डिजाइन रोज्ने स्थानि’यवासीनै हुन् ।

नेपाल सरकारबाट भुकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रै बाट ब’न्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिहरुकै सहमतीमा हालको घरको डिजाइन तयार गरिएको हो । घर निर्माणको लागि प्राविधीकहरुले तयार गरेको अनुमानित लागत रु ८ लाख २५ हजार थियो । केही दाताहरुले ढोका लगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामा’ग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर नि’र्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समितिनै हो । सरकारी अनुदान बाहेक अन्य नपुग रकम रु ४ लाख रिण स्वरुप लक्ष्मी बैकबाट लिने भनेर साझा सह’मती जुटाउने पनि स्ठानिय उपभोक्ता समितिनै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्मा’णको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ ।

अत: यही प्रावधा’नलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्मा’णको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पुर्वसहमती भएकै हो । घर बाहेकका नयाँ पुर्वाधा’रहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्मा’णको कार्यमा भने स्ठानिय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निका’यहरुसंग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो । आजका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकैछ । अत: घर निर्मा’णको पाटोमा ४ लाख रिण बोक्नु पर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही ब्यक्तीले अहिले आएर आफुलाई ” नयाँ घर घाँडो भएको” भन्नु कत्ती सम्मको जा’यज हो ? – ओएस नेपालबाट

१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया