मंगलबार १२ आश्विन २०७८

आगोले जलेर बालिकाको गयो ज्यान, आमा घाइते

दाङ । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । राप्ती गाउँपालिका-५ कालापानीमा गएराति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको हो ।

आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया