शनिबार ०२ आश्विन २०७८

एजेन्सी । भारतको मध्य प्रदेशमा रहेको इन्दोरमा कोरोनाको कहरको एक हृदयविदारक खबर आएको छ । पाँच जनाको एक परिवारमा तीन जना कोरोनाका कारण बितेका छन् । अन्य दुई जना पनि कोरोना संक्रमित छन् ।

परिवारले १० दिनमा तीन जनाको अन्तिम संस्कार गरेको छ । क्रिस्चियन पादरीहरूको यस परिवारमा ८६ वर्षीय एजे स्यामुएल, ८३ वर्षीया पत्नी कुंजम्मा स्यामुएल र छोरा जोनसन स्यामुएल कोरोना संक्रमणका कारण ज्यान गुमाए ।

जोनसनकी पत्नी शोबी आइसोलेसनमा छिन् भने छोरा फिलोमनको उपचार चलिरहेको छ । शोबीले अस्पताललाई १६ लाख भारु बुझाएपनि परिवारका तीन जनालाई बचाउन सकिनन् । त्यति धेरै रकम तिरेपछि मात्र उनले पति, सासु र ससुराको शवको अन्त्येष्टि गर्न पाइन् ।

२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया