आइतबार ०३ आश्विन २०७८

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ । आइतवार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य सोमबार पनि ३ सय रुपैयाले बढेको हो।

आइतबार तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाले बढेर तोलाको ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया