मंगलबार १२ आश्विन २०७८

काठमाडौं । गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका रामबहादुर थापाले दौरा सुरुवाल लगाएर शपथ गरेका छन् । आइतबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको शपथ ग्रहण कार्यक्रममा मन्त्री थापाले दौरा सुरुवाल लगाएका थिए ।

प्रधानमन्त्री केपी शर्माकै जस्तो खैरो कोट र भादगाउँले टोपी लगाएका थिए । पूर्व माओवादी पृष्ठभूमिका नेताहरु ‘सामान्ती पोशाक’ भन्दै दौरा सुरुवाल लगाउन हिच्किचाउने गरेका थिए ।

पूर्व माओवादी पृष्ठभूमिका बादल यसअघि दौरा सुरूवालको भेषमा देखिएका थिएनन् । यसअघि चैत्र २७ गते पुनर्नियुक्ति पाएका चार मन्त्रीमध्ये टोपबहादुर रायमाझीले मात्र शपथ ग्रहणमा दौरा सुरुवाल लगाएका थिए ।

माओवादीले कार्वाही गरेपछि बादल सहित रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी चौधरीको सांसद पद गुमेको छ । माओवादी छाडेर एमाले प्रवेश गरेका नेताहरुले एमालेमा जिम्मेवारी पाएका छन् ।

news18nepal

३८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया