आइतबार ३१ आश्विन २०७८

काठमाडौ । नेकपा एमाले नेता रामकुमारी झाँक्री सामाजिक सञ्जालमा निकै सकृय नेता हुन् । उनका भनाई पनि निकै विवादित हुने गरेका छन् । विवादित अभिब्यक्तिका कारण चर्चामा रहेकी रामकुमारीले कर्णाली प्रदेशमा भएको घटना पछि सामाजिक सञ्जालमा प्रतिकृया दिएकी छन् ।

कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका ४ सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशमा राजनीतिक तरंग पैदा भएको छ। एमाले भित्रकै सांसदहरुले विश्वासको मत दिएका कारण शाहीको पद जोगिएको छ ।

पार्टीले विपक्षमा मत दिन भन्दै ह्वीप जारी गरेको थियो । तर पार्टीको ह्वीप विपरित कर्णालीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षकै १ र माधवकुमार नेपालपक्षीय ३ गरी एमालेका ४ सांसदले शाहीको पक्षमा मतदान गरे । जसका कारण एमालेका सांसद यामलाल कँडेल मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको छ । नेकपा विभाजन हुनु अघि नै यामलाल शाहीलाई मुख्यमन्त्रीवाट हटाएर आफु बन्ने कसरतमा लागेका थिए ।

तर पार्टी पुरानै अवस्थामा फर्किए पछि एमालेकै सांसदले पार्टी ह्वीप विपरित शाहीलाई मत दिएपछि उनको सपना दोस्रो पटक पनि पुरा भएन । यो विषयमा एमालेकै दुई खेमा तथा अन्य दलका नेताहरूबाट विभिन्न खालका प्रतिक्रिया व्यक्त भइरहेका छन्।

यसै क्रममा माधवकुमार नेपाल पक्षीय एमाले नेत्री रामकुमारी झाँक्री सामाजिक सञ्जालमा लेख्छिन्, ‘अन्याय, अ;त्या चार, अ’प मा’न र थि चो मि चो को विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई वि द्रो’हको अधिकार सुरक्षित हुन्छ।’

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया