बुधबार २० साउन २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ । आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । रिसको कारणले हातमा आएका अवसर गुम्न सक्छन् । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवन साथीलाई पनि केही पीडा हुने दिन रहेको छ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
केही दण्ड जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । शत्रुबाधा, मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योग धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ । घर खर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यस प्रति चिन्ता बढ्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मेहनत गर्दा राम्रै उपलब्धि हात लागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारीकाबीच गरिएको प्रयास व्यर्थ होला । तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ । घरमा सुख समृद्धि बढ्नेछ । खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखा पर्न सक्छ । लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमि लगायत स्थायी सम्पत्ति बारे केही विवाद हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सवारी तथा हात हतियारको उपयोग सावधानी साथ गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने छन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ ।

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया