सोमबार ०८ कार्तिक २०७८

एजेन्सी । भारतमा तीन दिनदेखि लगातार दुई लाखभन्दा बढी संक्रमित थपिँदै आएका छन् । पछिल्लो २४ घन्टामा २ लाख ३३ हजार ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बिहीबार २ लाख १६ हजार ८५० संक्रमित थपिएका थिए ।

त्यस्तै, बुधबार २ लाख ३८ संक्रमित थपिएका थिए । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजार १२१ रहेको छ । त्यस्तै, कोरोनाबाट पछिल्लो २४ घन्टामा १ हजार ३३८ जनाको ज्यान गएको छ ।

एकै दिन ज्यान जानेको संख्या पनि अहिलेसम्मकै बढी हो । योसँगै भारतमा कोरोनाबाट ज्यान जानेको संख्या १ लाख ७५ हजार ६७३ पुगेको छ । भारतमा उपचार संक्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाको दोस्रो लहरमा गम्भीर बिरामीको संख्या बढ्दै गएको जनाएको छ । भारतमा महाराष्ट्रपछि कोरोनाको उच्च संक्रमण उत्तर प्रदेशमा देखिएको छ ।

कुम्भ मेलामा फैलिएको संक्रमणका कारण उत्तर प्रदेश यसको केन्द्रबिन्दु बनिरहेको भारतीय महामारी विज्ञहरुले बताएका छन् । उत्तर प्रदेशसँगै दिल्ली, गुजरात, मध्यप्रदेश, छत्तिसगढ, केरला, पञ्जाब, हरियणा र राजस्थानमा संक्रमण बढेको छ । नेपालसँग जोडिएका उत्तर प्रदेशसँगै बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि कोरोना संक्रमण तिव्र रुपमा फैलिन थालेको छ ।

news18nepal

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया