शुक्रबार ३१ बैशाख २०७८

नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा आज नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि सांघातिक हमला भएको भन्दै सो घट्नाको निन्दा र भत्सर्ना गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिकस्थलमा कोहीबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन नसक्ने उल्लेख गर्नुभएको छ ।

यस्तो प्रवृत्ति देशका जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट कांग्रेस नीतिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिने उल्लेख गर्दै उहाँले घटनामा घाइते भएका विद्यार्थी नेता दिपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी गराउनुभएको छ ।

सोनाम लामा र हिमाल आचार्यलगायतका विद्यार्थी पनि घाइते छन् । दोषीलाई पक्राउ गर्ने कार्य अझैसम्म नभएको उल्लेख गर्दै कांग्रेसले घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

sajhapage

४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया