आइतबार ३१ आश्विन २०७८

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसतर्फ लक्षित गर्दै वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन् ।

उनले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताए । माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी उनको थियो ।

प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

यदी माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेले अन्य दलको समर्थन जुटाएर सरकार बनाउने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरंकुशतावादी हो या लोकतन्त्रवादी हो भनेर समयले बताउने उनले तर्क गरे ।

देशलाई निकास दिने पार्टी एमाले र नेता केपी ओलीमात्र भएको उनले जिकिर गरे ।

pathivaranews

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया