Wednesday, January 20

एकै दिन थपिए यति धेरै संक्रमित, काठमाडौँको अवस्था खतरनाक बन्दै

July 25, 2020 708

काठमाडौँ – काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पाँच जना र त्रिवि शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा पाँच जना गरी काठमाडौँका जम्मा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँका १० जनामा संक्रमण पुष्टि भए पनि उनीहरु कुन क्षेत्रमा बसोबासरत हुन् भन्ने सरकारले खुलाएको छैन ।

काठमाडौँमा १० सहित नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिए ।

उनका अनुसार यो सँगै नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ८३ रहेको छ । पछिल्लो चौबिस घण्टामा १०७ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

शुक्रबार पर्साकी ८५ वर्षीया महिलाको निधन भएको हो । मुटु सम्बन्धी रोग र निमोनिबाट समेत ग्रसित रहेकी उनको कोरोना संक्रमणका कारण शुक्रबार बिहान नारायणी अस्पतालमा निधन भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संत्रमणका कारण निधन हुनेको संख्या ४४ पुगेको उनले बताए । हालसम्म कोरोना संक्रमित भएकाहरुको संख्या १९ हजार ४ सय ४४ रहेको छ ।

प्रतिकृया दिनुहोस्