मंगलबार १२ आश्विन २०७८

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका भित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेको भन्दै उप महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय भएको हो ।

बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय पनि गरेको छ ।
आजै स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ ।

news18nepal

८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया