शुक्रबार २२ साउन २०७८

सारा विश्व कोभिड १९ सँग लडिरहेको समय । मीनभवनस्थित सडक डिभिजन कार्यलय भने त्यस्तो समयको सदुपयोग गर्दै काठमाडौंको सडक तथा सडक पेटी कालोपत्रेदेखि खाल्डाखुल्डी भर्ने,सडक मर्मत सम्भार गर्ने,सफा र हराभरा बनाउने काममा व्यस्त रह्यो । यो कार्यलयले प्रंशशापत्र नै पाएको छ । काठमाडौको मेयर विद्यासुन्दर शाक्यसमेतले तपाइहरुले सिंहदरबार वरपर जुन ढंगले सौन्दर्यकरण गर्नुभयो त्यसको लागि धन्यवादको पात्र हुनुहुन्छ भनेर बधाई खाएका कर्मचारी हुन डिभिजन प्रमुख कुवेर नेपाली । प्रहरी र पैदल यात्रीलाई कुनै मर्का पर्न नदिइकन लकडाउनको भरपुर फाइदा उठाएर चुष्त र दुरुष्त देखिएको सडक डिभिजन कार्यलयका कामका कारण मन्त्री बसन्त नेम्बांगलाई कुलमान घिसिगसँगै दाँजेर सेलिव्रेटीको रुपमा चर्चा कमाए अहिले काठमाडौं सडकको स्थिती हेर्दा विगतमा भएको सार्क सम्मेलनदेखि चिनिँया राष्ट्पतिको भ्रमणमा देखिएको सुन्दरतासँग दाजिन्छ । यी काम यो कार्यलयको निवर्तमान डिभिजन प्रमुख कैलाश श्रेष्ठको अगुवाईमा थालनी भएको थियो भने अहिलेका कुवेर नेपालीले जारी राखेका छन् । गत माघदेखि उनी त्यहाँको कमाण्ड सम्हाल्दै छन् । उनी सडक विभागमा आएको महिनापछि नै लकडाउन शुरु भयो । तर काम गर्ने इच्छाशक्ति भए लकडाउन कोरोना कहरले पनि छेक्दो रहेनछ ।


० काठमाडौंको कुरुप सडकको अहिले मुहार नै परिवर्तन भएको, कसरी सम्भब भयो ?
काठमाडौ मुलुककै राजधानी, अत्यन्त संवेदनशील क्षेत्र । सडक डिभिजन कार्यालय २४ सै घण्टा अलर्ट भएर बस्नुपर्ने निकाय । काठमाडौंका सडकखण्डहरु सधैँ दुरुस्त राख्नुपर्ने तर, भीभीआइपीको सवारीको समयमामात्र यहाँको सडक मर्मत गर्ने अरु बेला खासै महत्व दिइएको पाइँदैन । सोही कारण लकडाउनको समयको सदुपयोग गर्दै सडक मर्मत र लेनमार्गको निर्माणका काममा लाग्यौं । सडक चिटिक्क हुने भनेको सौन्दर्यको मात्र कुरा होइन । सडकमा कोरिने रेखा भनेका सुरक्षा,कानुन र अनुशासनको कुरा । यसले बढ्दै गएको सवारी दुर्घटनालाई पनि कम गर्नमा ठूलो भूमिका खेल्छ । खुला ठाउँ भनेको नै सडक हुन् तसर्थ रिफ्रेस हुने ठाउँ पनि सडक तर, हामीले यतिका लगानी गर्दा पनि सडक किन सुन्दर हुन सकिरहेका छैनन् ?
संयोगबश यसको नेतृत्व गर्ने सडक डिभिजन कार्यालय मेरो काँधमा आइपुग्यो । म यहाँ आएपछि सडकका खाल्डाखुल्डीलाई दिनरात लगाएर पुर्ने काम सम्पन्न भयो । त्यो समयमा १८ घण्टासम्म दिनरात नभनेर काम गर्यौ,झण्डै १० हजार खाल्डाखुल्डी पु¥यौँ । काम गर्ने भनेको टिमले हो,टिम बनायौं । निर्माण व्यवसायीसँग छलफल गर्यौं । व्यवसायीको गुनासोथ्यो समयमा भुक्तानी नपाएको । व्यवसायीलाई आश्वस्त तुलाएर काम गर्ने वातावरण बनायौँ ।
काम त भइरहेका छ यद्यपि भए लगतै भत्कन सुरु हुन्छ, किन ?
पीच टाल्नकै लागि थोरै बजेट निकासा हुन्छ । ६/७ महिनामा नै सकिन्छ । अहिले पनि सडकले पीच टाल्ने अनि खानेपानी, ढल,विद्युतलगायतका निकायले खन्दै जाने सडक विभागले टाल्दै जाने परिपाटी छ । त्यो नरोकिने हो भने हामीलाई आएको बजेटले भ्याउँदैन । त्यसकारण यो टाल्ने जिम्मा कि उहाँहरुले लिनुप¥यो या खन्नुभन्दा अघि धरौटी राख्नु प¥यो । मलाई लाग्छ,मेलम्चीको पानी चाँडोभन्दा चाँडो आएको खण्डमा सबै समस्या सामाधान हुन्छ त्यसैले यो विषयमा अरुभन्दा मलाई बढी चिन्ता छ । हामीले सडक निर्माण गर्ने कन्ट्र्याक्टरलाई स्पष्ट रुपमा भनेका छाँै गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्नुहोस् ।

 

० लकडाउनमा लेनमार्क गर्न कत्तिको सहज भयो ?
सडकमा सवारी गुडिरहने समयमा कसरी लेनमार्क गर्ने ? यो चुनौतिको विषयथ्यो । रङ सुकेपछि मात्र सडकमा सवारी गुडाउन मिल्छ । त्यस्तो अवस्थामा काम गर्ने मान्छे र सवारीसाधन दुवै खतरामा हुनेस्थिती रहन्छ । लकडाउनले त्यो काम गर्न धेरै सहज भयो । तीन÷चार जनाले मात्रै सजिलैसँग काम गर्न सक्नुभयो । यही बेलामा हामीले सडकलाई राम्रो गराउनेतर्फ ध्यानकेन्द्रित ग¥यौँ । यसलाई हामीले नमुनाकै रुपमा विकास गर्न खोज्यौँ । यसमा मन्त्रालय, विभागले पनि सक्रिय भूमिका खेलिदियो । यसमा हामीले राम्रो प्रशंसा पनि पायौँ ।
सडकलाई सुरक्षित र व्यवस्थित गर्न कसले के गर्नुपर्छ ?
सडक भनेको लाइफलाइन हो । सडक भत्किएपछि सबै कुरा डामाडोल हुन्छ । एम्बुलेन्सदेखि सबै किसिमका यात्रुलाई बाधा पर्छ । यस बर्षदेखि बर्षायाममा सडकमा कुनै पनि काम गर्न रोक लगाएका छौं । सडक सबै जनताको हो भन्ने कुरा जबसम्म बुझिदैन तबसम्म सरकारले सडकमा जति लगानी गरे पनि बालुवामा पानीजस्तै हुन्छ । हरेक नागकिरले आफ्नो घरको फोहोर सबै सडकमा फ्याँक्ने र थुपार्ने गलत बानी त्याग्नु पर्छ । सडकमा फोहोर फ्याँक्दा फोहारेबाट एसिड बन्छ । सबै नागरिकले सडक मेरो पनि हो भन्ने कुरा बुझ्नु जरुरी छ । विभागको प्रयासले मात्र सडकको स्वरुप जोगाउन गाह्रो छ । नागरिकहरुले तिरेको करबाट निर्माण भएको सडकलाई राम्रो बनाउने दायित्व र कर्तव्य नागरिकको पनि हो ।
प्राविधिकले निकालेको लागतभन्दा घटाएर ठेक्का लगाउने प्रचलन छ सडक निर्माण गर्दा । यो नीतिले सडक राम्रो बन्छ र ?
नीति निर्माण तहमा पनि केही सुधार गर्नुपर्ने जरुरी छ । अरु देशहरुका अनुभवलाई लिएर हामीले काम गर्नुपर्ने छ । ठेक्का लिन कम रेटमा हाल्नेले ठेक्का हात परेपछि काम ठग्न खोज्छ । एउटा मान्छेले भित्रदेखि म राम्रो गर्छु भन्नु र कम रेटमा हालेर सकेसम्म छलछाम गर्न खोज्यो भने गुणस्तरमा त फरक पर्न सक्छ । यस विषयमा छलफल भइरहेको छ । नीतिगत पाटोबाट पनि हामी छलफल गरिरहेको छौं ।

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया