आइतबार ०३ आश्विन २०७८

ईटहरी/ पछिल्लो समय नेपाली सेलिब्रेटिको नराम्रा कुराहरु मिडियामा छाउन थालेको छ । सेलिब्रेटिको विवाद र आलोचनाका कुराले सामाजिक संजाल तातिरहेको हुन्छ । अभिनेत्री शिल्पा पोख्रेलको नया लफडा चलिरहदा फेरि अर्का अभिनेताको हर्कत सार्बजनिक भएको छ । फिल्म रावणबाट नेपाली सिने जगतमा प्रबेश गरेका नायक किशोर खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर एक युवतीलाई शारीरिक शोषण गर्दै लाखौं रकम समेत ठगेको खुल्न आएको छ ।

समाजको बिकृती, शोषण र अन्याय अत्याचारलाई सिनेमा अभिनयमा मुर्त रुप दिइरहेका खतिवडाले सायदै रियल जिन्दगीमा यस्तो गर्छन् भन्ने कसैले सोचेका थिएनन् । तर, उनको रिल अभिनयले कोल्टे फेरेको प्रमाण सार्बजनिक भएको हो । उनलाई भोजपुर घर बताउने लक्ष्मी गदालले यस्तो आरोप लगाएकी हुन् । एक भिडियो कुराकानिमा गदालले कुरा गर्दै नयाँ बानेश्वरको एक जिम हलमा खतिवडासँग भेट भएको बताईन् ।

भेटमा किशोरले मोबाईल नम्बर दिन प्रस्ताव गरेको र पछि ईमो मार्फत लगातार फोन र म्यासेज पठाउन थालेको उनले कुराकानिमा सुनाइन् । कुराकानी हुँदै जाने क्रममा एकदिन छिट्टै फिर्ता गर्छु भन्दै पाँच हजार पैसा मागेको र सो रकम फिर्ता दिनुको साटो अझै पैसा माग्दै ८० हजार पुग्दा पनि फिर्ता नदिएको उनले गुनासो गरिन् । यति हुदैगर्दा खतिवडा लक्ष्मीको कोठामा जान थालिसकेका थिए भने उनले बिबाहको प्रस्ताब समेत राख्न भ्याइसकेका थिए । विवाहको प्रस्ताव गर्दा आफू छाँगाबाट खसेझैं भएको उनले सुनाईन् ।

जात धर्म नमिल्ने भएपछि परिवारले नस्विकार्ला भन्ने लक्ष्मीलाई डर थियो । यसबारे खतिवडाले ‘कलाकारको कुनै जात र धर्म हुँदैन, मैले मनबाट चाहेर विवाह गर्न खोजेको हो’ भनेको कुरा सुनाईन् । त्यसपश्चात् संगै कोठामा बस्न थालेको बताउने लक्ष्मीले चलचित्रबाट आएको कुनै पनि रकम खतिवडाले आफुलाई नदिएको बताईन । तर, उल्टै पैसा माग्ने र नदिए कयौ चोटी पिटेको भन्दै अहिले सरिरभरि चोट भएको कुराकानीमा भनेकी छन् । लक्ष्मीले खतिवडालाई गर्भपतन गराएको आरोप समेत लगाएकी छन् ।

संगै बस्दाको क्रममा शारीरिक सम्बन्ध समेत भएको र गर्भ बसेपछि औषधि खुवाएर तीन वर्षको अवधिमा दुई पटक गर्भपतन गराएको लक्ष्मीको दावी छ । अहिले पनि गर्भ रहेको संका छ, कुराकानीका क्रममा भनिन् । यता पछिल्लो समय फिल्ममा पनि खासै नदेखिएका खतिवडाले अर्कैसँग बिवाह गरिसकेकोले आफ्नो बाटो लाग्न लक्ष्मीलाई दवाव दिएका छन् । अहिले जातभातको कुरा गर्दै आफुलाई हैरानी दिएको लक्ष्मीको गुनासो छ । फेरि विवाह गरे बहु-बिवाहको झमेला व्यहोर्नुपर्ने भन्दै आफूलाई किशोरले मानसिक तनाब दिने गरेको लक्ष्मीले बताईन् । यस बिषयमा डिथ्री अनलाइनले किशोर खतिवडासंग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

नोट: यो समाचार लक्ष्मी गदालले एक भिडियो कुराकानीमा भनिएको आधारमा तयार गरिएको हो ।

dthreeonline

२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया