बिहिबार ०९ बैशाख २०७८

काठमाडौं । भोजपुरका २५ बर्षीय पुजन राई चार महिनादेखि सम्पर्कविहिन भएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकका रुपमा कार्यरत राई चार महिनादेखि बेपत्ता भएका हुन् ।

बेपत्ता राईका आफन्तले उनलाई खोजी गरिदिन प्रहरी, मानव अधिकारकर्मी, पत्रकार तथा आफन्तजनलाई अनुरोध गर्दै आईरहेका छन् । गत माघदेखि नेत्र सहयाकका रुपममा कार्यररत राई गत कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाकु गएपछि अहिलेसम्म नर्फिकएको बेपत्ता राईका बुबा लालकुमार राईले बताए । श्रीमती र आफन्तसहित राजधानीमा आईपुगेका राईले पत्रकार सम्मेलन गर्दै छोरालाई खोजिदिन अनुरोध गरेका छन् ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया