आइतबार ३१ आश्विन २०७८

युवा देशका खम्बा हुन् “, हामीले सधै सुन्ने गरेको भनाइ हो यो । तर त्यही खम्बा नै आफ्नो ठाऊ छोडेर हिडिदिन्छ भने कतिन्जेल अ’डिन सक्ला देश, यी पुराना खान्बाहरुको बलमा ?त्यसमाथि यी पुराना खम्बाहरुलाई काठका बा’कसभित्र आएका बिदेशिएका सन्तानहरुको वि’योगको आँसुको वर्षाले गलाइरहेका छन् ।

अनि कसरी अड़ेलान यी गलेका खम्बाहरु ? र, कसरी शीर उठाउन सक्ला यो देशले ?केही नेपाली युवाका लागि बा’ध्यता बनेको विदेश बसाइ, अहिले रहरमा परिणत भैसकेको छ । आफ्नो नेपाली पहिचानको लागि ड’टेर हिड्ने नेपाली, आज दोस्रो, तेस्रो मुलुकको नागरिकता र पीआरका लागि हानथाप गर्दैछौं ।

विदेश बसाइ भित्रका वास्तविक कथाहरुलाई बेवास्ता गर्दै समुद्री तटमा सू’र्यस्नान गर्ने सपना देख्दैछौं । कामको खोजीमा भन्दा बढी , नेपालमा हामी कामको स्तर नाप्नमा व्यस्त हुन्छौं । हामीलाई हाम्रो ई’ज्जत, स्वाभिमानले , कृषि गर्ने ,पानीपुरी बेच्ने, कपडा सिलाएर बस्ने, जुत्ता सिलाएर बस्ने, सैलुन खोल्ने आदि काम गर्न दिदैन ।

तर बिदेशी भूमिमा हामी जस्तोसुकै काम गर्न सम्झौता गर्छौं । हो, रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ, बालबालिकाहरुले राम्रो शिक्षा प्राप्त गरिरहेका छन । तर त्यो शिक्षाको के अर्थ, जब भविष्यमा तपाई हामीजस्तै, उनीहरु भौतारिदै विदेशी भूमि सिंचित गर्न जानुपर्नेछ भने र अर्को देशको नागरिक बनि आफ्नो पहिचान गु’माउनुपर्नेछ भने ।

रेमिट्यान्सले ठ’ड्याएका यी घरहरुको के अर्थ , जहाँ परिवार छि’न्नभिन्न भएको छ भने । थुप्रै सपना देखेर हामीलाई ज’न्माइ, पढाइ, हुकाई दिएका बुढा भएका बाबु आमा सा’हराबिहीन जिन्दगी बाँ’चिरहेका छन् भने ।नेपाललाई विभिन्न घट्ना र प’रिघटनाहरुले विकासको साटो झन् पछाडि ध’केलिदियो र भूकम्पले झन् पी’डा थपिदिया े।

यो पी’डा र पुनर्निर्माणको चुनौतीलाई युवाहरुले सामाजिक र आर्थिक समृद्धिको परिवर्तनको लागि केहि गर्न पाउने अवसरको रुपमा लिनुपर्छ ।दाताहरुबाट पैसा संकलन गरेर , विकासको नाममा देशलाई परनिर्भरतातिर धकेलेर, उही विदेश जाने लर्को बढाउनु भन्दा, दिगो सामाजिक र आर्थिक विकासको लागि उद्यमशीलतामा जोड दिनुपर्छ ।

हामी सफल व्यक्तित्वहरु, व्यवसायीहरुको सुरुवातीका संघर्षका कथाहरु सुन्छौं, पढ्छौं र केहीछिनको लागि ताली पि’टछौं । तर जब आफूमा आइपुग्छौं तब ह’तास हुन्छौं । समाधान भन्दा बढी स’मस्याहरुलाई प्राथमिकता दिन्छौं र क्ष’णिक आर्थिक सुरक्षित गन्तव्य रोज्छौं ।

यदि हामी अर्काको देशमा ध’सिएर तल्लो तहको काम गर्न तयार हुन सक्छौं भने, आफ्नै समुदायमा बसेर तल्लो तहबाट सानो उद्यमको सुरुवात किन हि’च्किचाउँछौं ?बिदेशी बसाईले सिकाएको छ कि, काम सानो या ठूलो हुँदैन । अनि कामको सम्मान गरिनुपर्छ ।

अहिलेका युवाहरु यो कुरालाई आ’त्मसात गर्दै थोरै लगानीमा सुरु गर्न सकिने उद्यममा लाग्ने हो भने त्यसले उद्यमशीलताको विकास गर्दै भावी सन्ततिहरुलाई एउटा मार्गदर्शन गर्न सक्छ ।स’मस्या भनेको नै केहि गर्ने अवसर हो । अध्यारो थियो र त बत्तिको आविष्कार भयो ।

रहेका समस्याहरुलाई अगाडि सारेर विदेश बसाइ रोज्नुभन्दा, समस्या भित्र अवसर खोज्दै स्वदेशमै बसी भावी सन्ततीको लागि सुन्दर बगैंचा निर्माण गर्न सकिन्थ्यो कि ?यी पुराना खम्बाहरुलाई, काँ’ध था’पेर पालो दिन सकिन्थ्यो कि ? नेपाललाई हाम्रो युवा ब’लले माथि उ’चाल्न सकिन्थ्यो कि ?

narayanipati

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया