आइतबार ३१ आश्विन २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कृषि चौपायाबाट हानि पुग्न सक्छ । बन्द व्यापारमा घाटा देखिन्छ । रोगले पनि सताउन सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाँउमा पैसा खर्च हुनेछ । व्यवसायिक क्षेत्र सफल रहने छ । केही आर्थिक क्षति पनि हुन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । साथै, अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । पढाइमा भने खासै मन नजाला, होसियार रहनु होला । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
धन मनग्य कमाउने अवसर मिल्नेछ । ब्यापारमा उन्नती पनि हुनेछ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्नेछ । कमाई राम्रै हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खर्च बढ्ने, विवाद बढ्ने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आमाको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । आज टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला । सोचेको काम भने समयमा नै पुरा नहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रयत्नले धन कमाउने अवसर मिल्ने छ । व्यापारमा गरेको लगानी सन्तोष प्रद रहनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो । धन खर्च हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । साथै, आवश्यक र उपलब्धी मूलक रमाइलो यात्रा हुन सक्छ । धनको लाभ पनि होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला । कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा होला । साथीभाई र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । धनको पनि नाश होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मान प्रतिष्ठा भिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइ बहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । यात्राको समय छ ।

 

२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया