मंगलबार १२ आश्विन २०७८

काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिनाबाट नेपालमा रेल सञ्चालन हुने घोषणा गर्नुभएको छ ।

नयाँ वर्ष २०८७ सालको उलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण पनि असाधारण अवस्था महवपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो । काननुको अभावका कारण रेल सञ्चालन गर्न नसकिरहेको अवस्था प्रधानमन्त्री ओलीले यही बैशाख भरमा जयनगर–जनकपुर ३४ किमी खण्डमा रेल सञ्चालन गर्ने उद्घोष गर्नुभएको हो ।

सरकारले सडक, शिक्षा, स्वास्थ्य, सञ्चाल, यातायात, हवाई मार्ग, रेलमार्ग, विद्युत लगायतका साना तथा ठूला आयोजनाहरु दैनिक रुपमा असाधारण उपलब्धी हासिल गरेको दावी गर्नुभयो । राष्ट्रिय गौरवका आयोजनाहरुले समेत तिव्र गतिमा काम भइरहेको उल्लेख गर्दै उहाँले सरकारको लक्ष्य अनुसार विकास र समृद्धिको यात्रामा दृढताका साथ अगाडी बढिरहेको बताउनुभयो ।

केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उहाँले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं ।’ प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उहाँले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उहाँले त्यो भत्ता दिनको एक सयमा पुगेको बताउनुभयो । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने समेत घोषणा गर्नुभयो । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि गराउनुभयो ।

pathivaranews

२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया