मंगलबार १२ आश्विन २०७८

एजेन्सी । पछिल्ला दिन भारतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या निकै बढ्न थालेको छ । भारतको छत्तिसगढ पनि अब कोरोना भाइरसको हब बन्न थालेको छ । भारतमा लगातार बढि रहेका कोरोना भाइरस संक्रमितको संख्या छत्तिसगढमा पनि बढिरहेको छ ।

कतिसम्म भने यो राज्यको राजधानी रायपुरको कुनै पनि अस्पतालमा अब बिरामीका लागि शैय्या खाली रहेको छैन । भारतीय पत्रकारहरुले विभिन्न मिडियामा लेखेको रिपोर्ट अनुसार अस्पतालमा बिरामीहरु इत्रतत्र जताततै लडिरहेका छन् ।

कतिसम्म भने घाटमा शव जलाउने ठाउँ समेत अहिले भेटिन छाडेको त्यहाँका मिडियाहरुमा आएको रिपोर्टमा उल्लेख गरिएको छ । पछिल्ला केही साता यता त्यहाँ दैनिक सयौँ कोरोना भाइरस संक्रमित भेटिन थालेका छन् ।

news18nepal

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया