आइतबार ३१ आश्विन २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा २५४ जनामा संक्रमण पुष्टि भएको छ । ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५ सय ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् भने २५ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ ।

news18nepal

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया