शनिबार ०२ आश्विन २०७८

काठमाडौं । हिजोआज अभिनेत्रीहरू सन्तान जन्माउन लागेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन् । केही समयअघि नायिका प्रियंका कार्कीले आफ्ना श्रीमानसँगै गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी थिइन् ।

गर्भवती अवस्थाको फोटो सार्वजनिक हुँदा उनले आलोचना र बधाई एकैसाथ पाइन् । अहिले नेपाल फिल्म उद्योगबाट निकै टाढा रहेकी अर्की अभिनेत्री गरिमा पन्तले प्रियंकाको पदचाप पछ्याएकी छिन् ।

उनले मंगलबार गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी छिन् । अमेरिकामा रहेकी गरिमाले आफू आमा बन्न लागेको सन्देश दिएकी छिन् । फोटोमा गरिमा पनि श्रीमानसँगै देखिएकी छिन् ।

गरिमा फिल्म क्षेत्र छोडेर अमेरिकामै आफ्ना श्रीमानसँग बस्दै आएकी छिन् । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा फोटो सार्वजनिक गर्दै गरिमाले लेखेकी छिन्, ‘सृष्टिबाट सृष्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’

news18nepal

२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया