आइतबार १२ मंसिर २०७८

काठमाडौं : श्रीमतीको ह,त्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले त्यहीँ गएर नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो।उनी माथि इन्टर पो’लबाट रे’ड नोटिस जारी गरिएको थियो। २०७६ सालमा आफ्नै श्रीमतीको ह,त्या गरी उनी दुबई भागेका थिए।

श्रीमतीको ह,त्या गर्ने अन्य दुई जना उनकै भाइहरू पुर्पक्षको लागि कारा’गार चलान भइसकेका छन्। पुरीलाई अन्तर्राष्ट्रि यस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रलब्यूरो काठमाडौंको अनुरोधमा इ’न्टर पोल महासचिवालयबाट रे’ड नोटिस जारी गरिएको थियो। उनको खोजी गर्ने क्रममा इ’न्टर पोल आबुधाबी युएईको समन्वय लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पुरी दुबईमा सेक्युरिटी गार्डको रुपमा काम गरिरहेका थिए। उनलाई लिन प्रहरी प्रधान कार्यालय इ’न्टर पोल शाखाबाट प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी टोली दुबई गएको थियो। चैत २८ गते गएको टोली मंगलबार बिहान काठमाडौं आइ पुगेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए।

zkhabar

१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया