Sunday, October 25

सशस्त्र प्रहरीका पुर्व डिआईजी रञ्जन कोइराला प्रकरणबारे यसो भने पूर्वराजा ज्ञानेन्द्र शाहले

July 25, 2020 857

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसला विवादमा परेको छ ।  सशस्त्र प्रहरीका पुर्व डिआईजी रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्चले गरेको फैसलालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

यसै बिषयलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरमार्फत न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थालेपछि राज्य संकटमा पर्ने बताएका छन् । उनले भनेका छन् – ‘जब न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य संकटमा पर्छ।’

श्रीमतीको ज्यान लिएर काठमाडौंबाट मकवानपुरको जंगलमा लगेर शव जलाएको आरोपमा जन्मकैद भोगिरहेका पुर्व डिआईजी कोइरालालाई जन्मकैदको सजाय सुनाइएको थियो ।

जिल्ला अदालत र तत्कालीन पुनरावेदनको जन्मकैदको फैसला २० वर्ष जेल बस्ने गरी भएको फैसला उपर पुनरावेदन गरेका कोइरालाको रिटमा सर्वोच्च अदालतले जन्मकैद ८ वर्ष ६ महिनामा बदलिएपछि उनी साढे ११ वर्ष अघि नै जेलमुक्त भए । अहिले जनस्तरबाट पनि यस फैसलाको व्यापक आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्