आइतबार ०३ आश्विन २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह् गर्नुहुनेछ । यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले २०७७ साललाई ‘पीडादायी वर्ष’को रुपमा चित्रित गर्नुहुनेछ । २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य,आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुनेछ ।

‘तर त्यस्तो महामारीमा पनि कम भन्दा जनधनको क्षती गर्न सरकारले के कस्ता प्रयास गर्‍यो भन्ने बिषयको विवरण पनि सम्बोधनमा आउनेछन्’ प्रधानमन्त्री कार्यलय स्रोतले भन्यो ‘कोरोनाले मात्र होइन राजनीतिक रुपमा समेत वर्ष २०७७ पीडादायी नै रह्यो । यस सन्दर्भका पनि मूख्य घटनाहरु र त्यसले सरकारका कामलाई परेका बाधाका बारेमा प्रधानमन्त्रीको सम्बोधनमा समेटिनेछन् ।’

कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम ग¥यो र के उपलब्धी हासिल गर्‍यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने स्रोतले बताएको छ ।

pathivaranews

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया